माघ पहिलो साताभित्रै स्थानिय चुनावको घोषणा गर्न दलहरुलाई आयोगको आग्रह

काठमाडौँ : निर्वाचन आयोगले विभिन्न १७ दलहरुसँग छलफल गरेको छ । राष्ट्रिसभा निर्वाचन, मतदाता नामावली र स्थानीय तह निर्वाचनका बारेमा छलफल भएको बताईएको छ । दलहरुसगको छलफलमा आयोगले माघ पहिलो साताभित्र स्थानिय तहको चुनावको मिति घोषणा गर्न आग्रह गरेको हो ।

निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन कानुन अनुसार आयोगलाई तयारीका लागि चाहिने १२० दिन नाघिसकेको भन्दै माघ पहिलो हप्ताभित्र निर्वाचन घोषणा गर्नुपर्ने बताएका हुन् ।

बिज्ञापन

प्रवक्ता पौडेलका अनुसार आयोगले निर्वाचन कानुन अनुसार २०७४ जेठ ६ गतेबाट स्थानीय तहका पदाधिकारीको कार्यकाल गणना हुने भनी दलहरुलाई जानकारी गराएको थियो ।

साथै बैठकमा कोरोना महामारीको जोखिम कम गर्न आफूसहित दलका नेताहरुले राष्ट्रियसभा निर्वाचनका स्थानहरु थप गरेर भिडभाड कम गर्न आग्रह गरेको लेखकले जानकारी दिए ।