
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६५ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

७ हजार ९४७ वटा नमुनामा परीक्षण गर्दा ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबार १९२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९१७ पुगेको छ ।
आइतबार मृत्यु हुनेको संख्या भने शून्य छ ।
बिज्ञापन



देशभरको औसत संक्रमण दर ०.९ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यता पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७ जना कोभिड संक्रमित थपिएका छन् ।

काठमाडौंमा २४ र ललितपुरामा ३ जना संक्रमित थपिएका हुन् । भक्तपुरमा भने नयाँ संक्रमित थपिएका छैनन् ।
देशभर ४ हजार ८१९ जना होम आइसोलेसनमा, ९८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
तीमध्ये ३५ जना आईसीयूमा र ६ भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।