
नाबालिग बलात्कारको आरोप लागेका अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जर्बजस्ती करणी कसुरमा पलविरुद्ध मंगलवार मुद्दा दर्ता गरेको हो ।
बिज्ञापन



अभियोगपत्रमा १४ वर्षसम्मको कैद सजाय र क्षतिपूर्तिको माग दाबी गरिएको छ ।

तनहुँ प्रहरीले अनुसन्धान सकेपछि सुझावसहितको प्रतिवेदन सोमवार जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा बुझाएको थियो ।
प्रहरीले २१ दिन लामो अनुसन्धानपश्चात अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको हो ।
यसअघि नवलपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।