
धनगढी- कैलालीमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भने दुर्घटनामा परी एकजना घाइते भएका छन्।

जिल्लाको मोहोन्याल गाउँपालिका-५ सिंहासन सामुदायिक वनको कच्ची सडकमा म१क ४०७ नम्बरको मिनीट्रक दुर्घटनामा परेको हो।
बिज्ञापन



दुर्घटनामा चालक गौरीगङ्गा नगरपालिका-४ बस्ने छम्म प्रसाद सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

उनका अनुसार घाइते सोही ठाउँका गोविन्द गुरुङको नवजीवन अस्पतालमा उपचार भइरहेको छ।
ट्रक अनियन्त्रित भई १२० मिटर तल खसेको र घटनाको थप अनुसन्धान गरिरहेको उनले बताए।