
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकन स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा हस्ताक्षर नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

शुक्रबार संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिमा आफ्नो धारणा राख्दै अध्यक्ष नेपालले ‘ह्वस्किी’ खुवाएर सम्झौता गराउन सक्ने भन्दै प्रधानमन्त्री देउवालाई सचेत गराएका हुन् ।
बिज्ञापन



अमेरिकन सरकारले देउवालाई भुलभुलैयामा पारेर हस्ताक्षर गराउन सक्ने खतरा अझै रहेको उनले आशंका व्यक्त गरेका छन् । ‘मिठो पारामा फकाएर ह्विस्की खुवाएर हस्ताक्षर गरिएला ख्याल गर्नुहोला’ नेपालले भने । अध्यक्ष नेपालले प्रधानमन्त्री देउवालाई सो बारेमा जानकारी माग गरेको पनि बैठकमा बताएका छन् ।

अध्यक्ष नेपालले कुनै पनि अवस्थामा अनुचित दबाव स्विकार गर्न नहुनेसमेत बताएका छन् ।