प्रचण्डको दाबी : जनताले देशको चाबी माओवादीको हातमा दिएका छन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले देशको चाबी माओवादी केन्द्रलाई दिएको दाबी गरेका छन् । ललितपुरमा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो दाबी गरेका हुन् ।अहिले माओवादी केन्द्रको स्थिति निर्णायक तेस्रो शक्तिका रुपमा रहेको उल्लेख गर्दै उनले भने चाबी माओवादी केन्द्रको हातमा दिएको छ, देशलाई कुन मोडमा लैजाने भन्ने कुरा माओवादी केन्द्रलाई दिएको छ ’ ।‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनमा सोचेअनुसारको परिणाम नआएको पनि बताएका छन् । माओवादी केन्द्रले १६०र१७० पालिकामा जित्ने आँकलन भएपनि १२२ मात्रै जितेको प्रचण्डले बताए । गठबन्धन ठिक ढंगले चल्दा र पार्टीले मेहनत गर्दा सबैभन्दा ठूलो बाम दल बन्ने माओवादीको उद्देश्य रहेको उनको भनाइ छ।

‘गठबन्धन ठिक ढंगले जादा १ सय ७५ र एमालेको पनि १६०र१७० मा झर्छ भन्ने आँकलन गरेका थियौँ। हामीले आँकलन गरेको भन्दा कम हो,’ प्रचण्डले भने ।तर,अरुका लागि भने माओवादीको अहिलेको जित पनि बढी भएको प्रचण्डको भनाइ थियो । ‘माओवादीको यति आउला भन्ने आँकलन गरिएको थिएन । ३० वटा पालिकामा ल्याउँछ भन्ने प्रक्षेपण मैले नजिकबाट देखेँ,’ उनले भने।

बिज्ञापन