
माओवादी केन्द्रको सिरहा जिल्ला कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष तर्फका उम्मेदवारहरूको नाम केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ । सिरहा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ दशमीलाल चौधरी र आशानन्द यादवको नाम सिफारिस गरेको छ । सोही क्षेत्रको प्रदेशसभा क्षेत्र (क) का लागि प्रत्यक्षतर्फ विजयकुमार गुप्ता, खडगनारायण चौधरी, नथुनी महतो र प्रदेशसभा क्षेत्र (ख) का लागि हेमन्तकुमार यादव, महादेव चौधरी र उमेश यादवको नाम सिरहा कार्यालयले सिफारिस गरेको छ ।

त्यस्तै सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुरेशचन्द्र दास यादवको नाम सिफारिस गरिएको छ । सोही प्रदेशसभा क्षेत्र (क) का लागि प्रत्यक्षतर्फ जीवछ यादव र अरविन्द यादव तथा प्रदेशसभा क्षेत्र (ख) का लागि प्रत्यक्षतर्फ सुनिताकुमारी महतो, हरिनारायण चौधरी, विष्णु न्यौपाने र मुक्तिनारायण सिंहको नाम सिफारिस गरेको छ ।



सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फबाट विश्वनाथ साहको नाम सिफारिस गरेको छ । सोही क्षेत्रको प्रदेशसभा क्षेत्र (क) का लागि प्रत्यक्षतर्फ जगतप्रसाद यादव र तेजेन्द्र लामा तथा प्रदेशसभा क्षेत्र (ख) का लागि प्रत्यक्षतर्फ महेश यादव र चन्देश्वर यादवको नाम सिफारिस गरेको छ ।

त्यस्तै, सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष तर्फबाट महेन्द्र पासवान र अजय शंकर नायकको नाम सिफारिस गरेको छ । सोही क्षेत्रको प्रदेशसभा क्षेत्र (क) लागि प्रत्यक्षतर्फबाट दिलिप साह, प्रदीप तिवारी, कुशेश्वर साह, धनिकलाल यादव, रामचन्द्र साहको नाम सिफारिस गरिएको छ । प्रदेशसभा क्षेत्र (ख) का लागि कसैको नाम सिफारिस गरिएको छैन ।