चोलेन्द्रले बयानमा नाम लिएका व्यक्तिहरुलाई बिहीबार बोलाइयो

काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिले बयानका क्रममा निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका व्यक्तिहरुलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले बयानका क्रममा नाम आएका बारका पदाधिकारी, न्यायधिश, पूर्वन्यायधिश लगायतलाई बिहीबार छलफलका लागि बोलाउने निर्णय गरेको समितिका प्रवक्ता लक्ष्मी प्रसाद गौतमले जानकारी दिए । न्यायाधीश, पूर्वन्यायाधीश, बारका पदाधिकारीसँग बिहीबार छुट्टाछुट्टै समय दिएर छलफल गर्ने उनले बताए । तर समय भने तोकिसकेको छैन ।

यसअघि बयानका क्रममा जबराले आफुलाई महाभियोग लगाउनुको कुनै औचित्य पुष्टि हुन नसक्ने भन्दै बिभिन्न व्यक्तिहरुको नाम लिएका थिए ।