अष्ट्रेलियामा डढेलो निभाउने जहाज दुर्घटना हुदा तीन जनाको मृत्यु

एजेन्सी । अष्ट्रेलियामा डढेलो नियन्त्रणमा संलग्न एक विमान दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भयो ।

 

बिज्ञापन

उक्त विशाल हवाई ट्यान्कर बिहिबार स्थानीय समय अनुसार १३ः३० देखि हराइरहेको थियो । खोजको केही पछिनै विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

 

नर्थ साउथ वेल्सका प्रमुख ग्लाडीस बेरेजिक्लियनले जहाज हिउयुक्त पहाडमा ठोक्किएको जानकारी दिए । नर्थ साउथ वेल्सको ग्रामिण अग्नि नियन्त्रण सेवाले उक्त पानी बोकेको जहाज डढेलो प्रभावित क्षेत्रमा पठाइएको बताए ।

 

कमिस्नर शेन फिट्जसिमान्सका अनुसार जहाज के कारणले जहाज पहाडमा ठोक्किन पुगेको स्पष्ट नभइसकेको बताए ।