
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय नेताहरूको सम्पत्ति छानविन हुने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले सम्पत्ति छानविन गर्न र सम्पत्तिको हदवन्दी तोक्न माग गरेपछि पार्टीले यो मागमा सम्बाेधन गरेको हो ।




नेकपाले नेताका सम्पत्ति छानविन गर्ने र सम्पत्तिको हदबन्दी तोक्ने विषयमा निर्णय गर्ने जिम्मा केन्द्रीय अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको छ ।

राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित
बैठकले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेस गरेको राजनीतक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । जारी बैठकमा केन्द्रीय सदस्यबाट आएका सुझावलाई समेटेर प्रतिवेदन पारित गर्ने निर्णय भएको हो ।
महाधिवेशन २०७७ चैतमा
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन २०७७ साल चैतमा हुने भएको छ । राष्ट्रिय सभागृहमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले आगामी वर्षको अन्त्यमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
वामदेव उपाध्यक्ष
बैठकले नेता वामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाउनेसमेत निर्णय गरेको छ । यसअघि सचिवालय सदस्य थप गर्ने चर्चा चले पनि सचिवालय सदस्य थप भने गरिएको छैन ।
,