ओली-प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सुरू

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद चरम उत्कर्षमा पुगेको छ । अहिले नेताहरु सामूहिक र एक्लाएक्लै भेटवार्तामा जुटी रहेका छन् ।

 

यसैबीच अहिले नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 

वार्तामा पार्टीमा बढ्दै गएको विवादको समाधान कसरी गर्ने भन्नेमा छलफल हुने स्रोतले बतायो ।

 

८ गते प्रधानमन्त्रीले ल्याएका दुई अध्यादेशबाट सुरु भएको विवाद अहिले नेकपामा चरम उत्कर्षमा पुगेको छ ।

 

अध्यादेश १२ गते फिर्ता लिए पनि विवाद भने साम्य भएको छैन ।

 

आज बिहान मात्र प्रचण्ड नेपाल भेटवार्ता भएको थियो ।

 

स्रोतका अनुसार नेपाल निवास कोटेश्वरमा भएको भेटवार्तामा सचिवालय बैठक र स्थायी कमिटीको बैठक बोलाउने र त्यसको लागि रणनीति बनाउन छलफल भएको हो ।