राजनीतिक दलसम्बन्धी अध्यादेश : पार्टी फुटाउने ओली योजना फेल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउन ल्याएको अध्यादेश फेल भएको छ । पार्टी फुटाउनकै लागि सरकारले हालै राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएको थियो ।

 

तत्कालिन समाजवादी पार्टीका महासचिव रामसहाय यादवले प्रधानमन्त्रीको योजना फेल भएको बताए । समाजवादी पार्टी फुटाउनकै लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएर सो कानून खुकुलो बनाएको भएपनि अन्ततः योजना फेल भएको टिप्पणी यादवले गरे ।

 

‘हाम्रो पार्टी फुटाउनकै लागि राजनीतिक दल सम्बन्धिको कानून खुकुलो बनाउ अध्यादेश ल्याउने काम भएको थियो’ यादवले भने, ‘तर त्यो अध्यादेशले फुट्नुभन्दा एकीकरण गर्न सहयोग सिद्ध भएको ।’

 

सरकारले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्दै पार्टी फुटने गरी अध्यादेश ल्याएको थियो । केन्द्रीय कमिटी र संसदीयदलमा ४० प्रतिशत संख्याको ठाउँमा दुबै मध्ये एकमा ४० प्रतिशत भएपनि नयाँ पार्टी गठन गर्न मिल्ने व्यवस्था अध्यादेश मार्फत सरकारले संशोधन गरेको थियो ।

 

पार्टी फुटाउनकै लागि प्रधानमन्त्री ओलीले आफ्ना सांसदको अपहरण गरेको आरोप समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले लगाइसकेका छन् ।

 

बुधबार साँझ भट्टराईले सञ्चारकर्मीहरुलाई सन्देश पठाउदै भनेका छन्, ‘आज वैशाख १० गते साँझ साढे पाँच बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं लगेको छ ।’

 

तर प्रधानमन्त्री ओलीले जती प्र्रयास गरे पनि उनको योजना सफल हुन नसकेको भट्टराईले बताएका छन् । पार्टी फुटाउने ओलीको हरेक योजना असफल भएको बताउँदै उनले एकीककृत जनता समाजवादी पार्टी नेपालले सरकारको गलतकामको दरोरुपमा विरोध गर्ने बताए ।

 

सरकारले राजनीतिक दलसम्बन्धी कानूनमा खुकुलो बनाएपछि तत्कालिन समाजवादी पार्टीका उपाध्यक्ष रेणु यादवले छुट्टै दलदर्ता गरी सरकारमा सहभागि हुने तयारी गरेकी थिइन् । तर, हिजोदेखि समाजवादी पार्टीका नेता भट्टराई सहित अध्यक्ष उपेन्द्र यादवको प्रयासले पार्टीलाई जोगाउन सफल भएका छन् ।

 

तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समेत सो अध्यादेशको खुलेर विरोध गरेका थिए । सरकारले पार्टी फोडने प्रयास गरे पनि राजपा र समाजवादी नफुटी एकीकरण गरिने खुला चुनौती ओलीलाई महतोले दिएका थिए ।

 

राजपा र समाजवादीका नेताले रातारात पार्टी एकीकरणको घोषणा गर्दै ओलीको अध्यादेश मिशनलाई असफल बनाएको चर्चा मधेसको गाउँघरमा अहिले भइरहेको छ । प्रधानमन्त्री ओलीलाई महन्थ ठाकुर, भट्टराई, महतो, उपेन्द्र लगायतका नेताले सो अध्यादेश फिर्ता लिन आग्रह गरेका थिए । उनीहरुको आग्रह ओलीले नसुनेपछि उनको योजना नै फेल गराउने काम मधेसवादी दलका नेताले गरिसकेको बुझाई अहिले चर्चाको विषय बनेको छ ।