
काठमाडौ : राष्ट्रिय जनाता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल एकिकरणपछि बनेको जनता समाजवादी पार्टी, नेपालका नेताहरु दल दर्ताको लागि निर्वाचन आयोग पुगेका छन्।

बिज्ञापन



आयोगको कार्यालय खुल्नासाथ पार्टीका सात जना केन्द्रीय नेताहरु निर्वाचन आयोग पुगेर दल दर्ताको प्रकृया सुरु गरेका हुन्।

बधुवार राति समाजवादीका उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई र राजेन्द्र श्रेष्ठ यस्तै राजपाका महन्थ ठाकुर, राजेन्द्र महतो, महिन्द्र राय यादव र शरतसिंह भण्डारीले पार्टी एकीकरण सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।