फाईभ स्टार होटलमा आतंककारी हमला, चारको ज्यान गयो

एजेन्सी । पाकिस्तनको बलूचिस्तान प्रान्तमा बन्दरगाह शहर ग्वादर स्थित एक फाइभ स्टार होटेलमा तीन सशस्त्र आतंकवादिले आक्रमण गरेका छन् । आक्रमणमा परेर तीन आतंकवादिसहित ४ जनाको मृत्यु भएको छ ।

त्यहाँ स्थित एजेन्सीहरुका अनुसार आतंकवादि र प्रहरीबीच भिषणा गोलीबारी भएको थियो । आतंकवादिहरु सोझै होटेल भित्र पसेको र अन्धाधुन्ध गाली चलाएको एक प्रहरी अधिकारीले बताएका छन् ।

आतंकवादिहरुले प्रवेशद्वारमा एक सुरक्षा गार्डलाई गोली हानेर हत्या गरेको बताइएको छ । त्यसपछि आतंकवादिहरुको सामना गर्ने क्रममा पाकिस्तानको आतंकवाद निरोधक बल, सेना र फ्रन्टियर कोरलाई बोलाइएको थियो । त्यसपछि सुरक्षा बलले तीन आतंककारीहरुलाई मारेका थिए ।

Image result for five star hotel attack in pakistan

होटेलमा रहेका अन्य ग्राहकहरु पनि घाइते भएको तर एकिन विवरण भने आउन नसकेको बताइएको छ । पाकिस्तानको प्रतिबन्धित बलूचिस्तान लिबरेशन आर्मी (बीएलए)ले हमलाको जिम्मेवारी लिएको छ ।