
काठमाण्डौं। दैनिक ३ सय जनाको पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्नसक्ने भन्दै ९ वटा निजी प्रयोगशालाहरूले निवेदन दिएका छन्।

बिहीबारसम्म समयावधि रहेकोमा ९ वटा निजी प्रयोगशालाको निवेदन परेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रूना झाले जानकारी दिनु भएको हो।
बिज्ञापन



प्रयोगशालाले गत साता निजी क्षेत्रसँग पनि परीक्षणमा सहकार्य गर्न सकिने भन्दै इच्छुक निजी प्रयोगशालाहरूलाई आफ्नो विवरण पेश गर्न भनेको थियो।

निवेदन परेका ९ वटा प्रयोगशालामध्ये ३ वटा ग्रेड एु का रहेको डा. झाले बताउनु भयो। स्वास्थ्य प्रयोगशाला स्थापना तथा कारबाही निर्देशिका २०७३ का अनुसार ग्रेड ए मा सूचीकृत प्रयोगशालाले मात्र पिसिआर परीक्षण गर्न सक्ने भनिएको छ। साथै स्वाइन फ्लू, कोभिड १९ जस्ता सरूवा रोगको परीक्षण गर्न सकिने निर्देशिकामा उल्लेख छ।