झूटो विवरणमा नागकिरता बनाउने पक्राउ

काठमाडौं । झूटो विवरण पेस गरेर विदेशी नागरिकलाई नेपाली नागकिरता बनाएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका तत्तकालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई प्रहरीले पक्राउ गरेको छ ।

झुठो विवरण पेश गरी विदेशी नागरिकलाई नागरिकता राहदानी बनाइदिने आचार्यलाई प्रहरीले काठमाडौंको गठ्ठाघरबाट पक्राउ गरिएको हो ।

बिज्ञापन

गत २०७२ साल मंसिर १० गते विदेशीलाई नागरिकता र राहदानी बनाइदिएको कसुरमा जिल्ला अदालत झापाले वारेन्ट जारी गरेका व्यक्तिलाई यही असार २० गते प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य रहेका छन् ।

आचार्यलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय झापको टोलीले पक्राउपछि जिल्ला अदालत झापामा आइतबार बुझाएको हो ।

आवश्यक कारबाहीको लागि प्रहरीले आचार्यलाई आज जिल्ला अदालत झापामा बुझाएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।