जनादेशअनुसार मिलेर काम गर्न नेकपालाई कमल थापाको सुझाव

काठमाडौं :राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई जनादेशअनुसार ५ वर्ष मिलेर काम गर्न सुझाव दिएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत अभिव्यक्ति दिँदै अध्यक्ष थापाले अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट नहुने बताएका हुन् ।

बिज्ञापन

थापाले ट्वीट गर्दै भनेका छन्–‘सत्तारुढ दल नेकपाको विवाद निति, पद्धति, प्रणालीबारे होइन नितान्त व्यक्तिगतरव्यक्ति परिवर्तनमा केन्द्रीत रहेको छ । अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुँदैन ।’

जनादेशअनुसार मिलेर जान नसक्ने भए १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गरेर जान आँट गर्न आग्रह गरेका छन् ।