
काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जमा सैनिकको कुटपिटबाट स्थानीयको मृत्यु भएको घटनाप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको छ । सेनाले शुक्रबार बिहान विज्ञप्ती जारी गर्दै घटनाबारे छानबिन सुरु गरेको सेनाले जनाएको छ ।

‘नेपाली सेनाले आफ्नो आन्तरिक छानविन शुरु गरिसकेको र अधिकार प्राप्त सरकारी निकायहरुले गरि रहेको विस्तृत छानविनमा पूर्ण सहयोग गर्ने बारे जानकारी गराउदछौं । नेपाली सेना, नेपाल सरकारको कार्यादेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको छ।’ विज्ञप्तीमा भनिएको छ ।
बिज्ञापन



चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको थियो । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो ।

सेनाद्वारा जारी विज्ञप्ती :