बिष्णु रिमालले नारायणकाजीलाई भने- ‘अति भयो, पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् !’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई लाज जोगाउन आग्रह गरेका छन्।

 

बिज्ञापन

शुक्रबार ट्वीट गर्दै रिमालले अति भएको प्रतिक्रिया दिँदै श्रेष्ठलाई नेकपा प्रवक्ताको लाज जोगाउन आग्रह गरेका हुन्।

 

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले विधि र पद्धतिको नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्न श्रेष्ठलाई चेतावनी समेत दिएका छन्।

 

‘पार्टी एकता विरुद्धका कुनै पनि गतिविधि कतैबाट पनि नहोस्,’ रिमालले श्रेष्ठलाई मेन्सन गर्दै भनेका छन्, ‘मुलुक संवेदनशील मोडमा छ महसुस होस्।’