
काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट अन्तर्गतको नेपाली युवा स्पिनर सन्दीप लामिछाने सामेल टोली जमाइका तलाहवाजले वजयी शुरुवात गरेको छ ।

सेन्ट लुसिया जुक्ससँग गएराति भएको खेलमा जमैका तलाहवाजले पाँच विकेटको जित हात पारेको हो ।



१८.५ ओभरमा १६० रन बनाउँदै तलाहवाजले निर्धारित लक्ष्य पूरा गरेको थियो । यसअघि ब्याटिङ गरेको लुसिया जुक्सले १५९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो ।

जमैका तलाहवाजबाट खेलिरहेका सन्दीपले आफ्नो चार ओभरको स्पेलको अन्तिम ओभरमा एक विकेट लिन सफल भएका थिए । समग्रमा सन्दीपको खेल खेल औसत रह्यो । उनले ४ ओभरमा २३ रन खर्चदैँ १ विकेट लिएका थिए ।
सन्दीपको बलमा २० बलमा २५ रन बनाएर खेलिरहेका जाद्रान ठूलो सट प्रहार गर्ने क्रममा रोभमन पावेलको हातबाट क्याचआउट भएका थिए ।
सेन्ट लुसिया जुक्ससँगको खेलमा सन्दीपले अफगानी खेलाडी नजिबुल्लाह जाद्रानलाई आउट गरेका हुन् ।
टस हारेर ब्याटिङ थालेको जुक्सले ७ विकेट गुमाएर १५८ रन बनाएको थियो ।
उसका लागि रस्टन चेजले ५२ रनको योगदान दिएका थिए । त्यसैगरी जमैकाका मुजिब उर रहमान र ओसेन थोमसले २- २ विकेट लिएका थिए ।