
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निन्द्राबाट ब्युँझिन आग्रह गरेका छन् ।

अध्यक्ष थापाले कोरोना महामारी नियन्त्रण गर्नदेखि लिएर अतिक्रमित भूमि फिर्ता लिन सरकार पूर्णरूपमा असफल भएको भन्दै निन्द्राबाट ब्युँझिन आग्रह गरेका हुन् ।
बिज्ञापन



सोमबार बिहान उनले ट्वीटरमा भ्रष्टाचार नियन्त्रण गर्न, धर्मपरिवर्तन नियन्त्रण गर्न र रोजगारी सिर्जना गर्न पनि सरकार पूर्ण रुपमा असफल भएको टिप्पणी गरेका छन् ।

उनले ट्वीटरमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ‘म तपाईंको शुभचिन्तक हुँ,त्यसैले भन्छु-plz wake up,act fast before it’s too late