विभिन्न पार्टी परित्याग गरि सयौं कार्यकर्ता राप्रपामा प्रवेश

झापा: झापाको गौरादह नगरपालिका वडा नं. ७ बाट विभिन्न दल परित्याग गरि २ सय जना व्यक्तिहरु राप्रपामा प्रवेश गरेका छन् । स्थानीय ग्वालडुब्बा चोकमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा नव प्रवेशीहरुलाई स्वागत गरिएको हो ।

सो अवसरमा महामन्त्री तथा संघीय सांसद राजेन्द्र लिङ्देनले प्रमुख अतिथिको रूपमा विचार व्यक्त गर्दै नव प्रवेशीहरुलाई स्वागत तथा सम्मान जनाएका थिए । राष्ट्रव्यापी रूपमा राप्रपा प्रवेशको लहर चलेको बताए । कांग्रेस र कम्युनिस्ट बाट नेपाली जनता आजित भएको भन्दै उनले दुई दल बिच भएको एकीकरण बाट राप्रपामा जनविश्वास बढ्न थालेको जिकिर गरे ।

कार्यक्रममा केन्द्रिय सम्पादन समितिका सदस्य लक्ष्मी सङग्रौला, झापा जिल्ला अध्यक्ष अम्बर बहादुर बिस्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।