विश्वकप क्रिकेट: अपराजित रहँदै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लियो

काठमाडाैँ । विश्वकप क्रिकेटमा अपराजित रहँदै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रोल बर्मिनघममा बुधबार दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

वर्षाले प्रभावित खेललाई ४९ ओभरमा छोट्याइएको थियो । दक्षिण अफ्रिकाले निर्धारित ४९ ओभरमा ६ विकेट गुमाउँदै २ सय ४२ रन मात्रै जोड्न सक्यो । जुन लक्ष्य न्युजिल्याण्डले ४८ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । न्युजिल्याण्ड कप्तान केन विलियमसन १ सय ३ रन बनाए ।

बिज्ञापन

यस्तै कोलिन डी ग्राण्डहोमे ६०, मार्टिन गुप्टिल ३५ तथा जेम्स निशमले २३ रन बनाए। दक्षिण अफ्रिकाका क्रिस मोरिसले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि भान डेर डुसनले नटआउट ६७ तथा हसिम अमलाको ५५ रन बनाएका थिए । न्युजिल्याण्डका लोकी फर्गुसनले ३ विकेट लिए ।

जितसंगै शीर्ष स्थानमा उक्लिएको न्युजिल्याण्डले ५ खेलबाट ९ अंक जोडेको छ। अपराजित न्युजिल्याण्डको चौंथो जित हो । दक्षिण अफ्रिकाको यो चौथो हार हो। ६ खेल खेलेको दक्षिण अफ्रिकाको ३ अंक रहेको छ। प्रतियोगिता अन्तरगत आज अष्ट्रेलिया र बगलादेश बीच खेल हुने छ ।