आर्सनल युरोपा लिगको अन्तिम १६ मा

इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा पोर्चुगिज क्लब एसएल बेन्फिकालाई पराजित गरेको छ ।

गएराति सम्पन्न लिगको समूह ‘बी’ को शीर्ष स्थानमा रहेको आर्सनलले एसएल बेन्फिकालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । गएरातिकाे दोस्राे लिगमा आर्सनलले जित दर्ता गरेकाे हाे ।

पहिलो लिगमा १-१ को बराबरी खेलेकाे दुवै टोलीलाई जितकाे दबाब थियो । जितसँगै आर्सनलले अन्तिम १६ मा स्थान बनाएकाे छ ।