ब्राजिलमा कोरोनाबाट दुई लाख ८० हजारको मृत्यु

ब्राजिल : ब्राजिलमा कोभिड १९ को संक्रमणबाट अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या दुई लाख ८० हजारको नजिक पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् । सोमबारको एक समाचारअनुसार यो संक्रमणबाट दुई लाख ७९ हजार २३९ जनाको ज्यान गएको बताइएको छ । गएको २४ घन्टायता मात्र पनि यहाँका एक हजार जनाभन्दा बढीको ज्यान गएको छ । अहिले पनि यहाँ संक्रमित हुनेको संख्या नघटेको बताइएको छ ।

यसरी यहाँका अधिकारीहरुले दिएको जानकारी अनुसार यो संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ । मृत्यु हुनेहरुमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका पनि बताइएको छ । यो संक्रमणबाट यहाँका १ करोड १५ लाख भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् ।

बिज्ञापन

अधिकारीहरुका अनुसार यहाँ कोभिड १९ बाट संक्रमित हुनेको संख्या एक करोड १५ लाख १९ हजार ६०९ जना पुगेको छ । यसका साथै यहाँ पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको बताइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुुसार यहाँका प्रति एक लाख संक्रमणमध्ये पाँच हजार ४८२ जनामा यो संक्रमण हुने गरेको छ । त्यस्तै यहाँका प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ ।