
काठमाडौँ : नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक आज (शुक्रबार) बस्दैछ । बिहान ११ बजे कलंकीस्थित मेघा पार्टी प्यालेसमा बस्ने बैठकले पार्टीको आगामी रणनीतिबारे छफल गर्ने नेपाल पक्षका केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए ।
फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेभित्र नेपाल समूह र पार्टी अध्यक्ष केपी शर्मा ओली समूहबीच देखिएको विवाद चरम रुपमा पुगेको छ ।
ओली पक्षले आफ्नो समूहको बैठक राखेर विधान संशोधन गर्ने, पदमुक्त गर्ने, जिम्मेवारी तोक्ने लगायतको काम गर्दै आएको छ भने नेपाल पक्षले पनि समानान्तर कमिटी गठनलाई तीव्रता दिएको छ ।
यसैबीच, पार्टी अध्यक्ष ओलीले आजै संसलदीय दलको बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजे बस्दै छ ।