
कास्की । नेकपा विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । समूहले आह्वान गरेको बन्दको पूर्व सन्ध्यामा लम्जुङ सेक्रेटरी विनोद सोनाम पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई राति पोखरा महानगरपालिका –४ सिद्धाचोकबाट पक्राउ गरिएको थियो । यसैबीच, हिजा साँझ पोखरा–४ सिद्धार्थचोकस्थित तरकारी बजार नजिकै शंकास्पद वस्तु फेला परेको थियो ।
मंगलबार विहान पोखरा महानगरपालिका–१४ मा भेटिएको शंकास्पद वस्तु प्रहरीले डिस्पोज गरेको छ ।