रुघाखोकी लागेपछि महाधिवेशनबाट बाहिरिए ओली, राजनीतिक प्रतिवेदन पेश गर्दै पोखरेल

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रुघाखोकी लागेपछि विधान महाधिवेशनबाट बाहिरिएका छन् ।

पार्टीको विधान महाधिवेशन उद्घाटन सत्रमा अध्यक्ष ओलीले रुघाखोकीका कारण राजनीतिक प्रतिवेदन पेश गर्न सकेका थिएनन् ।

बिज्ञापन

त्यसपछि उनले बीचमै रोकिएर स्थायी कमिटी सदस्य शंकर पोखरेललाई राजनीतिक प्रतिवेदन पेश गर्न दिएका थिए । पोखरेलले अहिले पनि राजनीतिक प्रतिवेदन पढिरहेका छन् ।