२० बर्षीया किशोरीले पहिलो बच्चा जन्माएको २६ दिन पछि अन्य दुईवटा बच्चाहरु जन्माईन

 

बंगलादेशकी २० वर्षीया एक महिलाले तीन वटा बच्चा जन्माएकी छिन् । सुल्ताना आरिफ नामक महिलाले एउटा बच्चालाई जन्म दिएकी २६ दिन पछि अन्य दुई वटा बच्चाहरु जन्माएकी हुन् ।

आरिफ सुल्तानाले एक मेडिकलमा एउटा बच्चालाई जन्म दिइन् । तर उक्त मेडिकलको डाक्टरले उनको पेटमा अझै बच्चाहरु छन् भन्ने कुरा थाहा नै पाएनन् । सुल्ताना एक बच्चालाई जन्म दिएपछि घर फर्किन् । उनको घर गाउँमा रहेको छ । उनी घर फर्केको धेरै दिन सम्म पनि पेट दुखेपछि अर्को अस्पतालमा जाँच्न गइन् । उक्त अस्पतालमा उनको पेटमा दुई वटा बच्चा रहेको डाक्टरले बताएको अग्रेजी बीबीसीमा उल्लेख गरेको छ ।

ती दुई बच्चाहरु पनि स्वास्थ नै रहेको डाक्टरले बताएका छन् । सुल्ताना जेससोर जिल्लाको एक अस्पतालमा २१ मार्चमा भर्ना भएकी डा . शीला पोद्दारले बताइन् । डा . शीला पोद्दारका अनुसार अल्ट्रासाउन्ड गरेर हेर्दा उनको पेटमा दुई वटा बच्चा रहेको पत्ता लगेको हो । त्यसरी बच्चा रहेको थाहा पाएपछि डाक्टरहरु छक्क परे । सुल्तानाकाे दुई पाठेघर भएकाे कारण उनले तीन वटा बच्चा जन्माएकी हुन् । चिकित्सकहरूले उनको दुई वटा गर्भाशय रहेको र अर्को गर्भाशयमा जुम्ल्याहा बच्चाहरू रहेको देखेपछि आकस्मिक सिजेरिएन शल्यक्रिया गरेका थिए।

सुल्ताना किन फरक फरक अस्पतालमा गइन यो भने स्पस्ट नभएको बीबीसीले जनाएको छ । डा.
पोद्दारका अनुसार सुल्ताना र उनको श्रीमान एक दमै गरीब छन् । सुल्तानाले आफ्नो पेटमा अन्य दुई बच्चाहरु पनि छन् भन्ने थाहा नभएको डा. शीला पोद्दारले बताइन् । सुल्तानाले  पछिल्लाे पटक जन्माएकी बच्चाहरु एक छोरा र एक छोरी छन्। उनलाई अस्पतालबाट चार दिनपछि डिस्चार्ज गरेको डाक्टरले बताएका छन् । उनीहरु स्वस्थ छन् ।

यदी पहिला नै अल्ट्रासाउन्ड गरेको भए अर्को बच्चाहरु पनि रहेको थाहा पाउन सक्ने थियो । तर उनीहरु गाउँमा बस्ने भएकोले त्यो सम्भव भने थिएन । सुल्तानाले आफ्नो तीन वटा बच्चा भएकोमा धेरै खुसी रहेको बताइन् । उनको श्रीमानले एक महिनामा ६,००० टाका भन्दा कम कमाउने गरेको उनको श्रीमानले बताउदै राम्रो कमाइ गर्न प्रयास गर्ने जनाएको छ ।
अग्रेजी बीबीसीबाट