
एजेन्सी । अमेरीका स्थित मिनेसोटाको एक अदालतले अश्र्वेत पुरुष जर्ज फ्लोइडको हत्यामा एक गोरा प्रहरी अधीकारीलाई दोषी ठहर गरेको छ।अधिकारी डेरेक सोभिनलाई फ्लोइडको हत्यामा संलग्न भएको भन्दै मंगलबार दोषी ठहर्याइएको हो।

२० डलर नक्कली नोटले सामान किन्न लागेको आरोपमा प्रहरीहरुले उनलाई समात्न खोज्दा उक्त घटना घटेको थियो।४५ वर्षिय सोभिनले गत वर्ष २०२० मे २५ का दीन फ्लोइडको घाँटी आँफ्नो घुँडाले थिची अमानवीय ढंगबाट हत्या गरेका थिए,जुन दृश्य क्यामेरामा पनि कैद भएको थियो।
बिज्ञापन



जमानतमा रहेका सोभिनलाई अदालतको फैसला पश्चात हतकडी लगाइएको र उनलाई ४१ वर्ष सम्म जेल सजाय हुन सक्ने जानकारी स्रोतले दिए।

फलोइडको न्यायका लागी अमेरीका लगायत विश्वका अन्य देशहरुमा पनि प्रदर्शनीहरु भएका थिए।