बादललाई जिताउन प्रधानमन्त्री ओलीको सार्वजनिक अपिल

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यका उम्मेदवार रामबहादुर थापा बादललाई जिताउन अपिल गरेका छन् । उनले आज दुई पृठको एक अपिल जारी गर्दै बादललाई मत दिन आग्रह गरेका हुन् ।

गृहमन्त्री बादलसँग खिमलाल देवकोटा प्रतिस्पर्धा गर्दैछन् । देवकोटा काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका तर्फबाट साझा उम्मेदवार बनेका हुन् ।

बिज्ञापन

एमालेकै माधव झलनाथ समूहका देवकोटा बागमती प्रदेशका योजना आयोगको उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । यस अवस्थामा प्रधानमन्त्री ओलीले पार्टीको आधिकारिक उम्मेदवार बादललाई नै मत दिन आग्रह गर्दै पार्टीको निर्देशन अवज्ञा गर्ने कार्य अक्षम्य हुने चेतावनीसमेत दिएका छन् । पार्टी उम्मेद्वारलाई मतदान नगर्नु एमाले पार्टीमा मात्रै नभएर बहुदलीय शासन प्रणालीमा पनि स्वीकार्य र क्षम्य नहुने उनको अपिलमा उल्लेख छ ।