
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले आफ्नो ३४औ साताको खेलमा सहज जित निकालेको छ ।
शनिबार राति भएको खेलमा घरेलु टोली चेल्सीेले पाहुना टोली फुलहममाथि २-० गोलको शानदार जित निकालेको हो । घरेलु टोली चेल्सीको जितमा काई हावर्टजले २ गोल गरे । जारी खेलको ९औ मिनेटमा हावर्टजले गोल गरी पहिलो हाफभरि १-० गोलको अग्रता दिलाए । पहिलो हाफमा १-० गोलको अग्रता बनाएको चल्सीले दोस्रो हाफमा थप १ गोल गर्न सफल भयो ।
दोस्रो हाफको खेलको ४९औ मिनेटमा पुन हावर्टजले टोलीको लागि तथा आफ्नो ब्यक्गित दोस्रो गोल गरी घरेलु टोलीको जित पक्का गरे ।
उक्त जित सँगै चेल्सी जारी सिजन चौथो स्थानमा रहदै सिजन अन्त्य गर्न सम्भावना बलियो बनाएको छ । उसको ३४ खेलबाट ६१ अंक रहेको छ । जुन पाँचौं स्थानको वेस्ट ह्यामको भन्दा ६ अंक बढि हो, यध्यपि उसले १ खेल कम खेलेको छ । यस्तै शीर्ष स्थानको सिटीको समान ३४ खेलबाट ८० , दोस्रो स्थानको म्यानु युनाइटेडको ३३ खेलबाट ६७ र तेस्रो स्थानको लेष्टरको ३४ खेलबाट ६३ अंक रहेको छ ।
साथै यता पराजित फुलहमको भने ३४ खेलबाट २७ अंकका साथ १८औ स्थानमा रहेको छ ।