
एजेन्सी । युरोपको सबै भन्दा ठुलो क्लब फुटब प्रतियोगिता यूइएफए च्याम्पियन्स लिग अन्तर्गत आज राति इंग्लिस क्लब चेल्सी र स्पेनिस महाराथी रियल मड्रिडबीच रोमाञ्चक भिड्न्त हुदैछ । दोस्रो लेगको सेमिफाइनल अन्तर्गत आज हुने खेल नेपाली समय अनुसार राति १२ः४५ बजेबाट चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा रियललाई आतित्था गर्न छ ।

जारी सिजन ला लिगा र च्याम्पियन्स लिगको उपाधि अभियानमा रहेको रियल आजको खेलमा घरेलु टोलीमाथि जित निकाल्दै फाइनल प्रवेश गर्न योजनामा रहेको छ । त्यस्तै यता घरेलु टोली पनि आजको खेलमा जित निकाल्दै फाइनल पुग्ने योजनामा रहेको छ ।




यस अघिल्लो लेगको खेलमा रियल घरेलु मैदानमा १–१ गोलको बराबरीमा सकिएका कारण यस खेलको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । हालसम्म सर्वाधिक १३औ पटकको विजेता रियल चौधौं उपाधिको अभियानमा रहेको छ । यता चेल्सीले भने हाल सम्म यस प्रतियोगिताको उपाधि एक पटक मात्रै जितेको छ ।
त्यस्तै आजको खेलमा रियलले कप्तान सर्जियो रामोस, फर्लान मेन्डी, मार्सेलो र फेडे भाल्भेर्ड इडेन हाजार्ड, करिम बेन्जेमा, मार्को एसेन्सियो, भिनिसियस जुनियर, क्यासेमिरो, टोनी क्रुसलगायत खेलाडी मैदान उत्राने सम्भावना रहेको छ । त्यस्तै आजको खेलको बिजेताले इंग्लिस क्लब म्यान्चेस्टर सिटी सँग उपाधिका लागि खेल्ने छन् । सिटीले फ्रेन्च क्लब पिएसजीलाई ४ – १ गोल अन्तरले पराजित गदै फइनल प्रवेश गरी सकेको छ । साथै फाइनल खेल ३० मेमा हुने ।