
’कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यवसायीहरु बिजय दुगड र रिता वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको छ । महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठुलो धोका ?,’ कोइरालाले लेखेका छन् ।
प्रधानमन्त्रीकै छत्र छायाँमा रहेका व्यवसायीहरुले जनस्वास्थ्यमाथि गरेको यति ठुलो अपराध र बेइमानी कदापि क्षम्य हुन नसक्ने उनको भनाइ छ । यसको सबै जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने भन्दै समय आएपछि जनताले यसको हिसाब गर्न उनको चेतावनी छ ।