
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेष्ट ब्रोममाथि रोमाञ्चक जित निकालेको छ ।
आइतबार राति वेष्टको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली लिभरपुलले २–१ गोलको जित निकालेको हो । लिभरपुललाई जिताउन मोहम्मद सालाह र गोलरक्षक एलिसन बेकरले समान १/ १ गोल गरे । यता वेष्ट ब्रोमका हल रबसन–कानुले १ गोल गरे ।
खेलमा सुरुवाती अग्रता भने घरेलु टोली वेष्टले बनाएको थियो । खेलको १५औं मिनेटमा कानुले गोल वेष्ट ब्रोमलाई १ ० गोलको अग्रता दिलाए ।
त्यस्तै खेलको ३३औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई बराबरीमा फर्काए र पहिलो हाफ ११ गोलको बराबरीमा सकियो । त्यसपछि दोस्रो हाफको खेलको इन्ज्युरी समयमा गोलकिपर एलिसन बेकरले गोल गर्दै लिभरपुललाई २-१ गोलको जित दिलाए ।
उक्त जित सँगै पाँचौं स्थानको लिभरपुलले ३६ खेलबाट ६३ अङ्क जोडेको छ । यता पराजित वेष्ट ब्रोम भने समान खेलबाट २६ अङ्कका साथ रेलिगेसन जोनमा छ ।