
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङले घोषणा गरेको १० लाख डोजमध्ये २ लाख खोप आइतबार नेपाल आइपुग्ने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य पत्रकारसँग गरेको जुम अन्तरक्रियाका क्रममा उक्त जानकारी दिएका हुन् ।

उनका अनुसार मे ३० तारिख अर्थात् पर्सि तिब्बतबाट २ लाख खोप आउनेछ । त्यसपछि जुन १ वा २ तारिखमा थप ८ लाख खोप चीनबाट आउने पनि उनले जानकारी दिए ।
बिज्ञापन



राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सीबीच केही दिनअघि फोन वार्ता भएको थियो । वार्तालगत्तै राष्ट्रपति सीले नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका थिए ।
