
एजेन्सी । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोटमा दक्षिण अमेरिकी छनोट अन्तर्गत ब्राजिलले सहज जित निकालेको छ । शनिबार बिहान सम्पन्र भएको खेलमा ब्राजिलले इक्वेडरमाथि २-० गोलको जित निकालेको हो । ब्राजिलको घरेलु मैदानमा भएको खेलमा घरेलु टोली ब्राजिलको जितमा रिचार्लिसन र नेयमारले समान १/१ गोल गरे ।

निकै रोमान्चक बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको खेलको ६५औं मिनेटमा बा्रजिलको लागि रिचार्लिसनले गोल गरि १-० गोलको अग्रता दिलाए । त्यस्तै ब्राजिलको लागि अतिरिक्त समयको चौथो मिनेटमा नेयमारले पेनाल्टीमा गोल गरि ब्राजिलको जित पक्का गरे ।
बिज्ञापन



उक्त जित सँगै ब्राजिलले लगातार ५औं जित निकालेको छ । उसले ५ खेलबाट १५ अंक बनाउँदै शीर्ष स्थानमा रहेको छ । यता पराजित इक्वेडरको भने समान खेलबाट ९ अंक बनाउँदै तेस्रो स्थानमा रहेको छ ।
