
नेपाली लेगस्पिनर सन्दिप लामिछानेले यस बर्ष आयोजना हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(ईपिएल)मा काठमाडौं किंग्स ११ बाट खेल्ने भएका छन्।
कोरोना महामारीका कारण २०७६ को चैतमा तोकिएको ईपिएलको चौथो संस्करण आगामी असोजमा आयोजनाको मिति तय भएको छ।
गत बर्ष नै ट्रेडमा ललितपुरबाट काठमाडौं आएका सन्दिपसॅंग टिमको औपचारिक सम्झौता भने केही दिन अघि भएको टिम काठमाडौंले जनाएको थियो।उक्त सम्झौताको जानकारी बुधबार गराईएको थियो।
सन्दिप इंग्ल्याण्डमा हुने द हन्ड्रेडमा सहभागी हुन आज त्यस तर्फ जादै छन्।
काठमाडौंले मुख्य प्रशिक्षकको लागि खुल्ला आवेदन पनि माग गरिसकेको छ । यसअघि २०१८ को संस्करणमा काठमाडौंको मुख्य प्रशिक्षकमा विनोद दास थिए । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान समेत रहेका विनोद गत पुषमा नेपाल क्रिकेट संघ (क्यान) को म्यानेजर पदमा नियुक्त भएपछि मुख्य प्रशिक्षक पद खाली छ ।
काठमाडौंमा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, जितेन्द्र कुमार मुखिया, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद साम्सद शेख, अमर सिंह राउटेला, सुवास खकुरेल, आकाश चन्द, अमृत भट्टाई, शेर मल्ल, सागर पुन र दीपेन्द्र रावत लगायतका खेलाडी छन् । चौथो संस्करणको इपिएल आगमी असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने कार्यक्रम छ । कोरोना महामारीको कारण स्थगित हुँदै आएको इपिएल यस पटक भने समयमै गर्ने तयारी गरि रहेको बुझिएको छ ।