
काठमाठौं— हरेक मार्च महिनाको दोस्रो बिहीबार विश्वभर मनाइँने मिर्गौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । विश्वभर ‘मिर्गौला रोग लागे पनि राम्ररी जिउँ’ भन्ने नाराका साथ विश्व मिर्गौला दिवस मनाइदैँछ ।स्वास्थ्य अभियान नेपालले आज मिर्गौला प्रत्यारोपण गर्नेहरूका बीच खेलकुद प्रतियोगिता, निशुल्क मिर्गौला परीक्षण, अन्र्तक्रिया र अंगदान शिविर सञ्चालन गरेको छ । मिर्गौला प्रत्यारोपित, अंगदाता, चिकित्सक, नर्स, पत्रकार, कलाकार र समाजसेवीबीच भएको फुटबल प्रतियोगितामा मिर्गौला प्रत्यारोपीको टोली विजयी भएको छ ।

बिज्ञापन



