प्रधानमन्त्री देउवा भोलि बालुवाटार सर्ने

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार सरकारी निवास बालुवाटार सर्ने भएका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटार छाडेसँगै देउवा भोलि बुढानिलकण्ठबाट बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सर्न लागेका हुन् ।

देउवा निकट नेता मीन विश्वकर्माले प्रधानमन्त्री शुक्रबार सरकारी निवासमा सर्ने जानकारी दिए । सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमबार संसद पुन स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देउवाले मंगलबार राति राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका थिए ।

शपथ लिएपछि उनी बुढानीलकण्ठस्थित निवासमै बस्दै आएका छन् ।