१० बुँदे सहमति कार्यान्वयन भए पार्टी जोगिन्छ: एमाले नेता नेम्वाङ

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले असार २७ गते कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयन भएमा पार्टी जोगिने बताएका छन् । शुक्रबार एमालेले विघटन गरिदिएको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यदलका सदस्यहरुबीच शनिबार सिंहदरबारमा भएको छलफलपछि उनले यस्तो बताएका हुन् ।

हामी सबैको चिन्ता भनेको कम्युनिष्ट आन्दोलन जोगाउने भन्दै एमाले एकतालाई पहिले जोगाउनु पर्नेमा उनले जोड दिए । यो छलफल निरन्तर अघि बढ्ने उनले बताए । त्यो सहमति पत्र हामीले पार्टी अध्यक्षलाई बुझाएका छौँ । शीर्ष नेता माधवकुमार नेपाललाई पनि बुझाएका छौँ । त्यही १० बुँदे सहमति कार्यान्वयन गर्दै अगाडि बढेर पार्टीलाई एकतावद्ध बनाउन छलफल गरेका उनको भनाइ छ ।

एमाले एकता जोगिने विश्वाससहित विघटित कार्यदलका सदस्यबीच अनौपचारिक संवाद भएको उनले बताए।