
सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज टेलिफोनमा कुराकानी भएको छ । त्यसक्रममा मोदीले देउवालाई बधाई तथा सफल कार्यकालको कामना गरेका छन् ।

बिज्ञापन



संसदबाट विश्वासको मत प्राप्त गरेलगत्तै हिजो मोदीले ट्वीटरमार्फत देउवालाई बधाई तथा शुभकामना दिएका थिए । आज भएको दुई प्रधानमन्त्रीबीचको संवादमा मोदीले कोरोनाविरुद्धको लडाइँमा आफ्नो सहयोग रहने बताएका छन् । उनले कोरोनाविरुद्धको लडाइँसहितका क्षेत्रमा भारत र नेपालबीच वृहत् सहकार्य रहने र थप काम गर्ने जनाएका छन्
