गण्डकी सरकारले पूर्णता पाउँदै, कांग्रेस छान्यो बाँकी ३ मन्त्री

पोखरा । गण्डकी प्रदेश सरकारले पूर्णता पाउने भएको छ। सत्तारूढ नेपाली कांग्रेसले तीन मन्त्रीको टुंगो लगाएसँगै सरकारले पूर्णता पाउने भएको हो।

बिहिबार ११ मन्त्रालयमध्ये गठबन्धनबाट कांग्रेसले ५, माओवादीले ४, जसपाले १ र स्वतन्त्र सांसदले १ मन्त्रालय पाउने टुंगो लागेको थियो ।

बिज्ञापन

लगत्तै माओवादीले बिहीबार नै बाँकी तीन मन्त्रीको टुंगो लगाएको थियो । कांग्रेसले शुक्रबार मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र दोबाटे विकलाई मन्त्री बनाउने निर्णय गरेको हो।