
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि भारतको मुम्बई पुगेका छन् ।
अहिले मुम्बईस्थित हिन्दुजा अस्पतालमा गिरीको उपचार जारी छ । उनलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरेको छ ।
गिरिको घाँटीमा समस्या देखिएको छ । यसैबीच मुम्बईमा उपचाररत् गिरीलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि आज त्यसतर्फ जाँदै छन् ।