साथ छाड्नेहरुसँग कुनै गुनासो छैनः माधव नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साथ छाडेर जाने र थाक्नेहरुसँग आफ्नो कुनै गुनासो नभएको बताएका छन्।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले परिस्थितिमा परिर्वतन आएको र केपी शर्मा ओलीको कब्जामा रहेको पार्टीमा गुम्सिएको अवस्थाबाट निकास पाएको बताए।
तर हिजोदेखि साथ दिएका कतिपय नेताहरुले अहिले साथ छाडेको भन्दै उनले भने, थाक्नेहरु थाकिरहन्छन्, मेरो केही गुनासो छैन।’

उनले नेकपा एकीकृत समाजवादी राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएको पनि बताएका छन्।

बिज्ञापन