
काठमाडौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउने भएका छन् ।
मोदी मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना उद्घाटनका लागि नेपाल आउने भनिएको थियो । प्रधानमन्त्री केपी ओली र मोदीले संयुक्त रुपमा परियोजनाको उदघाटन गर्ने कार्यतालिका थियो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले पाइपलाइन परियोजना कसरी उदघाटन गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको बताए ।
मोदी दोश्रो कार्यकालका लागि प्रधानमन्त्रीमा निर्वाचित भएपछि पशुपति र लुम्बिनी दर्शनका लागि नेपाल आउने योजनामा थिए ।
उनले यसअघि लुम्बिनी दर्शनका लागि प्रयास गरेका थिए ।
तर, सुरक्षालाई कारण देखाउँदै गएका थिएनन् । श्रोतका अनुसार तरकारीमा विषादी प्रकरण र भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा परेको भन्दै नेपालमा भारतविरोधी भावना बढेकाले मोदीले नआउने मनस्थिति बनाएका हुन् ।

बिज्ञापन



