
काठमाडौँ : नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै दायर भएको रिटमाथि सुनुवाइ हुने भएको छ । सुनुवाइका लागि बुधबार न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा पेसी तोकिएको छ ।
नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य नरेत्तम बैद्यले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले रोक्नका लागि आवश्यक आदेशको मागदाबी गर्दै वैद्यले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म हुने तय गरिएको छ । जसअन्तर्गत शुक्रबार (भदौ १८गते) देखि वडा तहको अधिवेशन सुरु भएको छ ।