
महोत्तरी : नेकपा एमालेकी उपाध्यक्ष एवम् बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै आफूले सरकारको नेतृत्व गरेको बताएकी छन् । आज महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो सरकार अहिले अल्पमतमा रहेको र छिट्टै विश्वासको मत लिने बताइन् । नेकपा एमालेको आन्दोलनलाई मजबुत बनाउन माधव नेपालको महत्वपूर्ण योगदान रहेको बताउँदै उनले माधव नेपाललाई संस्थापन पक्षमा नै फर्किन आग्रह गरेको बताइन् ।
मैले माधव कमरेडलाई पटक(पटक नेकपा एमाले नै फर्किन आग्रह गरेको छु । तर उहाँले पाटी नै दर्ता गरिसक्नुभयो । उहाँको आफ्नै कुरा होला,झ उनले भनिन् । आफू सरकारमा जाँदा नेकपा एस दर्ता नभएको र अहिले बागमती प्रदेशमा १३ जना प्रदेशसभा सदस्य नेकपा एसतर्फ गएर नै अल्पमतमा परेको मुख्यमन्त्री शाक्यको जिकिर छ । माधव नेपालले नयाँ पाटी खोलेर नेकपा एमाले अत्यन्त कमजोर रहेकोतर्फ ध्यानाकर्षण गराउँदै उनले नेकपा एमालेको उपलब्धी र योगदानलाई बचाई राख्न नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरिन् ।
उनले बागमती प्रदेश सरकारको आयु लामो नभएकोतर्फ संकेत गर्दै सरकारको आयु दुई दिन मात्रै भए पनि जनताको पक्षमा काम गरेर देखाउने प्रतिबद्धता जनाइन् । महोत्तरीमा अझै जिल्ला समीकरणमा विवाद रहेको र अहिलेसम्म जिल्ला कमिटीका पदाधिकारीले सपथ ग्रहणसमेत नलिएको तर्फ महोत्तरीका नेता तथा कार्यकर्ताहरुले मुख्यमन्त्री शाक्यलाई ध्यानाकर्षण गराएका थिए ।