
काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ ।

बैठकमा संसदलाई मर्यादित र निर्वाद चलाउन प्रमुख प्रतिपक्षी दल एमालेबाट सकारात्मक सहयोग मिल्ने विषयमा छलफल भएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
बिज्ञापन



बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी बेदुराम भुषाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुको उपस्थिति रहेका थिए ।

बैठकलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गरेको थियो ।