
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।
मन्त्रिपरिषद विस्तार गर्ने योजनासहित राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेको बताइएको छ ।
यता राष्ट्रपति कार्यालयले भने यो नियमित भेट भनेको छ ।
राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ टीका ढकालका अनुसार प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन् ।
उनले यो भेटलाई नियमित भएको जानकारी दिए ।